आइतबार, जेठ ६, २०८१

प्रधानमन्त्री दाहाल नर्भिक अस्पतालमा, डेढ घण्टा लगाएर स्वास्थ्य परीक्षण

नेपालखोज २०८० जेठ ३० गते १२:५३

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा पूर्ण स्वास्थ्य परीक्षण भएको छ ।

प्रधानमन्त्री दाहालको सोमबार दिउँसो नर्भिकमा पूर्ण स्वास्थ्य परीक्षण भएको हो । स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री दाहाल सोमबार दिउँसो ३ः४० बजे थापाथलीस्थित नर्भिक अस्पताल पुगेका थिए ।

करिब डेढघण्टा समय लगाएर उनको सम्पूर्ण स्वास्थ्य जाँच गरिएको नर्भिक अस्पतालले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अस्पतालका अनुसार परीक्षणका क्रममा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य देखिएको छ ।

प्रतिक्रिया