सोमबार, वैशाख १७, २०८१

बगैंचाको विवादमा फ्रान्समा ११ वर्षीया बेलायती बालिकाको गोली हानी हत्या

नेपालखोज २०८० जेठ ३० गते १४:२६

पेरिस । फ्रान्सको ब्रिट्नीको सेन्ट-हर्बोटमा ११ वर्षीया बेलाइती कन्याको आइतबार गोली हानी हत्या गरेको छ ।

सीएनएनले स्थानीय मेयरको कार्यालयलाई उद्धृत गर्दै जनाएअनुसार बगैंचामा देखिएको विवादका क्रममा उनको छिमेकीले गोली हानेको हो । आक्रमणमा उनका आमाबुवा गम्भीर घाइते भएका छन् ।

उनकी आठ वर्षीया बहिनी भने भागेकी थिइन् । उनको परिवार बगैचामा बसेको बेला ७१ वर्षीय डच छिमेकी बन्दुक लिएर आक्रमण गर्न आएको बताइएको छ ।

घटनामा ११ वर्षीया बालिका मृत अवस्थामा फेला परेको र आमा बाबुलाई गम्भी चोट लागेको थियो । घटनाको एक घण्टा पछि आक्रमणकारीले आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ ।

प्लोनेभेज-डु-फाउ रेजिन गुइलोटको टाउन हलका कर्मचारीका अनुसार बगैंचाको सिमानामा रहेका रूखहरू काट्ने विषयमा असहमतिका कारण गोली हानाहान भएको हो ।

प्रतिक्रिया