शनिबार, जेठ ५, २०८१

‘उत्कृष्ट शिक्षा नेपालमै’ शीर्षकमा मेला हुने

नेपालखोज २०८० जेठ ३० गते १६:५८

काठमाडाैं । ‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नाराका साथ उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ, नेपाल (हिसान) र कान्तिपुर पब्लिकेसन्स लिमिटेडको संयुक्त आयोजनामा यही जेठ ३२ गतेदेखि भृकुटीकण्डपमा ‘आठौँ कान्तिपुर हिसान एडुफेयर-२०२३’ हुने भएको छ ।

आगामी असार ३ गतेसम्म चल्ने सो ‘प्लस टु’ मेलामा नेपालमै सञ्चालित शिक्षालयले दिने गुणस्तरीय तथा उत्कृष्ट शिक्षाका बारेमा सत्य, तथ्य र यथार्थ जानकारी र परामर्श दिइने जनाइएको छ । मेलाका संयोजक टङ्कराज आचार्यले विद्यार्थी र अभिभावकको विदेश जाने मोहका कारण ठूलो धनराशि विदेशिएको अवस्थामा नेपालकै उत्कृष्ट शिक्षालयका बारेमा विस्तृत जानकारी दिन मेला उपयोगी हुने बताए ।

मेलामा विद्यालय तहका संस्था, काठमाडौँ विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सम्बन्धमा सञ्चालित ७५ भन्दा बढी संस्थाको सहभागिता रहने र दुई लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ र मेलामा प्रवेश निःशुःल्क गरिएको छ भने एक हजारभन्दा बढी विद्यार्थीका लागि पूर्ण र आंशिक छात्रवृत्तिको व्यवस्था गरिएको संयोजक आचार्यले बताए ।

प्रतिक्रिया