शनिबार, जेठ ५, २०८१

होण्डाको एक्सचेन्ज र फाइनान्स मेला

नेपालखोज २०८० जेठ ३० गते १८:२९

काठमाडौं । नेपालमै सर्वाधिक बिक्री हुने होण्डा मोटर बाइकको अधिकृत बिक्रेता स्याकार ट्रेडिंग कम्पनिले होण्डा एक्सचेन्ज र फाइनान्स मेला भइरहेको जनाएको छ । आफ्नो पुरानो मोटर बाइकसँग होण्डाको कुनै पनि नयाँ बाईक साट्न पाइने यो मेलाबाट ग्राहक बर्गले अधिकतम लाभ लिइरहेको आयोजकको भनाई छ ।

मेलामा, आफ्नो पुरानो बाइकसँग होण्डको कुनै पनि नयाँ बाइक साट्दा उच्च मूल्यांकन रकमका साथमा तुरुन्तै रु. ५००० मा एक्सचेन्ज बोनस पनि पाइनेछ । र साथमा रु. १० हजारसम्मको आकर्षक स्क्र्याच कुपनले पनि धेरै भन्दा धेरै ग्राहक लाभान्वित भइरहेका छन् । यस, होण्डा एक्सचेन्ज र फाईनान्स मेलामा, सस्तो अग्रिम भुक्तानी र निक्कै कम ब्याज दरमा नयाँ होण्डा खरिद पनि गर्न सकिन्छ ।

होण्डा फाईनान्स मार्फत मात्रै ५९,९९९ रुपैयाँको अग्रिम भुक्तानी र मात्रै एक प्रतिशतको ब्याजदरमा, मेलाबाट नयाँ होण्डा चढी ग्राहकहरु सन्तुष्ट हुँदै फर्किरहेको, आयोजक स्याकार ट्रेडिंग कम्पनिको विश्वास छ । जुन १ देखि सुरु भएको यस मेलाका योजनाहरुमा सहभागी हुन हाललाई काठमाडाैंका होण्डा मोटर बाइकको सबै डिलरहरुमा सम्पर्क गर्न सकिने छ भने छिट्टै नै होण्डा एक्सचेन्ज र फाइनान्स मेला देशभर पनि लागु हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया