मंगलबार, वैशाख २५, २०८१

विवादास्पद संवाद हटाएपछि ‘आदिपुरुष’सेन्सर पास

नेपालखोज २०८० असार १ गते ८:०७

काठमाडौं । ‘सीता भारतकी छोरी’ भनी राखिएकोे संवाद निर्माताले हटाएपछि दक्षिण भारतीय फिल्म‘आदिपुरुष’सेन्सर पास भएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले संवाद नसच्याए काठमाडौंमा हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने चेतावनी दिएकाले फिल्मबाट उक्त संवाद हटाइएकोे भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

धार्मिक कथामा आधारित ‘आदिपुरुष’ विहिबारदेखि नै प्रदर्शनमा आउनुपर्ने भएपनि मेयर बालेनको विरोध र त्यसको समर्थनमा देखिएको जनलहरका कारण सुरक्षा चुनौतिलाई कारण देखाउदै बिहानी प्रदर्शन रोकिएको छ ।

प्रतिक्रिया