शनिबार, जेठ ५, २०८१

होण्डा साइनले ल्यायो आकर्षक अफर

नेपालखोज २०८० असार १ गते १२:४८

काठमाडौं । नेपालमै सर्बाधिक बिक्री हुने १२५ सिसिका मोटरबाइक, होण्डा साइनले आफ्ना ग्राहकवर्गका लागि फेरी आकर्षक अफरहरु लिएर आएको नेपालका लागि होण्डा मोटरबाइकको अधिकृत बिक्रेता स्याकार ट्रेडिंग कम्पनीले जनाएको छ ।

अब होण्डा साइन मोटर बाईक मात्रै १ प्रतिशत व्याज दरमा किन्न पाइनेछ । सर्वाधिक माइलेजका कारण उपभोक्ताहरुको रोजाईमा सधैँ पर्न सफल होण्डा साइन बाइक खरिद गर्दा अब तुरुन्तै रु. ४५०० सम्मको ’क्यास ब्याक’ पनि पाउन सकिने कम्पनीले जनाएको छ ।

यो योजना जेठ १८ देखि असार १५ सम्म मात्र कायम रहने छ । आरामदायी र आकर्षक होण्डा साइनमा उपलब्ध यो अवसरले ग्राहकहरुलाई भरपुर फाइदा पुग्नेमा कम्पनी विश्वस्त छ ।

प्रतिक्रिया