शनिबार, जेठ ५, २०८१

क्रिकेटर ऐरी बने एक्स ऐज नेपालको ब्राण्ड एम्बेसडर

नेपालखोज २०८० असार १ गते १२:५९

काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट खेलाडी दिपेन्द्र सिंह ऐरी, एक्स ऐज नेपालको ब्राण्ड एम्बेसडरमा नियुक्त भएका छन् । एक्स ऐज नेपालले विगत एक वर्ष देखि नेपाली क्रिकेट टोलिसँग विभिन्न कार्यमा समन्वय गर्दै आएको छ ।

ऐरीले आफ्नो करियरमा निकै महत्वपूर्ण उपलब्धिहरु हासिल गरेका छन् । लिस्ट ए क्रिकेटमा डेब्यु गरेका उनले यू–१९ क्रिकेट विश्वकप र एसीसी यू–१९ एसिया कप लगायत विभिन्न प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका छन् ।

ऐरीले दुई वर्ष (सन् २०१९–सन् २०२०)सम्म राष्ट्रिय टोलीको उपकप्तानको रुपमा पनि उत्कृष्ट भूमिका निर्वाह गरेका थिए । ओडिआई र टि ट्वान्टी दवैैमा आफ्नो पहिलो सतक बनाई उनले क्रिकेट क्षेत्रका एक होनहार खेलाडीका रुपमा आफूलाई उभ्याएका थिए ।

खेलकुदमा उनको योगदान र समर्पणको कदर गर्दै सेप्टेम्बर २०२० मा दिपेन्द्रलाई नेपाल क्रिकेट संघ (क्यान) ले केन्द्रीय अनुबन्ध प्रदान गरेको थियो ।

प्रतिक्रिया