शनिबार, जेठ ५, २०८१

युनिग्लोव कलेजमा १२ औँ व्यापार मेला सम्पन्न

नेपालखोज २०८० असार १ गते १५:१५

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा रहेको युनिग्लोब कलेज परिसर मा यही मिति २०८० जेठ २९ गते सोमबार देखि असार १ गते शुक्रवार (५ दिन) सम्म सञ्चालन भएको कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

यस महोत्सवमा २५ भन्दा धेरै स्टल राखिएको छ र ती स्टलहरूमा खानेकुरा सहित बजारमा उत्पादन भएका सामानहरू राखिएको छ । यस कार्यक्रमका लागि कलेजले विद्यार्थीहरूलाई आर्थिक ऋण उपलब्ध गराउँछ र सो ऋणबाट नै विद्यार्थीहरूले आफ्नो व्यापार सुरु गर्छन् ।

यस कार्यक्रमबाट विद्यार्थीहरूले आफ्नो उद्यमी क्षमता विकास गर्नुको साथसाथै उनीहरूलाई व्यापारको वास्तविक महत्त्व सिकाउने मुख्य लक्ष्य लिएको छ ।

यसै गरी उक्त कार्यक्रमबाट विद्यार्थीहरूले व्यवसायका लागि चाहिने बिजनेस प्रपोजल कसरी बनाउने, ऋण कसरी लिने देखि ब्यालेन्स सिट, मार्केटिङ, म्यानेजमेन्ट नेटवर्किङको बारेमा विस्तृत रूपमा बुझ्न अवसर पाउनेछन् ।

यहाँ सिकेका कुरा आफ्नो व्यापार व्यवसायमा समेत लगाउनेछन् र कतिपय विद्यार्थीहरूले त यो बिजनेस आइडियालाई नै अगाडी बढाउने लक्ष्य लिएका छन्

यस कार्यक्रममा शिक्षक, शिक्षिका, विद्यार्थी, स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति भएको थियो र यस कार्यक्रममा ५ हजार जनाले अवलोकन गरेका थिए ।

प्रतिक्रिया