सोमबार, वैशाख १७, २०८१

कबड्डी खेलाडी छनोट

नेपालखोज २०८० असार १ गते २१:२६

काठमाडौं । चीनको होङझावमा हुने १९औँ एसियाली खेलकुदका लागि महिला कबड्डी टोलीको अन्तिम छनोट पूरा भएको छ । प्रतियोगिताका लागि बाह्र खेलाडी छनोट गरिएको कबड्डीकी प्रमुख प्रशिक्षक पार्वती राईले जानकारी दिइन्।

छनोट भएका खेलाडीमा नेपाल प्रहरीकी मानमति विष्ट, लुम्बिनी प्रदेशकी श्रृजनाकुमारी थारु, नेपाल आर्मीकी गङ्गा घिमिरे, एपीएफकी रविना चौधरी र जयन्ती बडु, आर्मीकी मेनुका राजवंशी र अनुजा कुलुङ राई, एपीएफकी सुनिता थापा, प्रहरीकी नितु गुरुङ, सुदूरपश्चिम प्रदेशकी कलावती पन्त, आर्मीकी इशा राई तथा प्रहरीकी अर्पणा चौधरी छन् ।

प्रतिक्रिया