सोमबार, वैशाख १७, २०८१

एसीसी वुमन्स इमर्जिङ टिम्स एसिया कपमा आज नेपाल हङकङसँग भिड्दै

नेपालखोज २०८० असार २ गते ५:१३

काठमाडाैं । नेपालले एसीसी वुमन्स इमर्जिङ टिम्स एसिया कपको समूह चरणको अन्तिम खेल आज शनिबार घरेलु टिम हङकङसँग खेल्दै छ । यो खेल नेपाली समय अनुसार आज बिहान ६: ४५ मा प्रारम्भ हुनेछ ।

नेपाल पहिलो खेलमा पाकिस्तानसँग ९ रनले पराजित भएको थियो भने वर्षाका कारण खेल हुन नसके पछि भारतसँग अंक बाँडेको थियो । अहिले नेपाल २ खेलमध्ये १ मा हार तथा १ मा अंक बाँड्दै तेस्रो स्थानमा छ ।

नेपाल र हङकङबीच तीन डब्लूटी २० आई खेल भएका छन् जसमा नेपाल एक खेलमा विजयी भएको छ भने पछिल्ला दुबै खेलमा नेपाल हङकङसँग पराजित हुन पुगेको छ ।

आजको खेलमा नेपालले कप्तान रुविना तथा अनुभवी खेलाडी सीता रानामगरबाट उत्कृष्ट ब्याटिङ चाहेको छ भने बलर कविता कुँवरले पाकिस्तानविरुद्धको खेलमा लगातार योर्कर फ्याँलेर गरेको प्रदर्शन दोहोर्‍याउन चाहन्छ ।

प्रतिक्रिया