सोमबार, वैशाख १७, २०८१

एसीसी वुमन्स इमर्जिङ टिम्स एसिया कपको समीकरण

नेपालखोज २०८० असार २ गते ७:५७

काठमाडाैं । एसीसी वुमन्स इमर्जिङ टिम्स एसिया कपको समूह चरणको अन्तिम खेल आज शनिबार घरेलु टिम हङकङसँग खेल्दैछ । पहिलो खेलमा पाकिस्तानलाई ८७ रनमा अल आउट गरे पनि नेपालले उक्त झिनो लक्ष्य पूरा गर्न सकेको थिएन । नेपाल पहिलो खेलमा पाकिस्तानसँग ९ रनले पराजित भएको थियो भने वर्षाका कारण खेल हुन नसके पछि भारतसँग अंक बाँडेको थियो ।

अहिले नेपाल २ खेलमध्ये १ मा हार तथा १ मा अंक बाँड्दै तेस्रो स्थानमा छ । भारत र पाकिस्तान भने समान दुई खेलमा एक मा जित र एक खेलमा अंक बाँड्दै ३–३ अंकका साथ शीर्ष र दोस्रो स्थानमा छन् । उता हङकङ भने २ खेलमा एक खेलमा हार र एक खेलमा अंक बाँड्दै १ अंकका साथ पुछारमा छ । भारतको नेटरनरेट ५.४२५ छ ।

त्यसैले भारत सेमिफाइनलमा पुग्ने लगभग तय छ । पाकिस्तानको नेटरनरेट ०.४५० र नेपालको माइनस ०.४५० छ । नेपाल सेमिफाइनलमा पुग्न आजको खेलमा हङकङमाथि विशाल अन्तरको जित हासिल गर्नुपर्छ किनभने नेपालले पाकिस्तानलाई नेटरनरेटमा पछिपार्न सक्नुपर्छ । नेपालको नेटरनरेट माइनसमा हुँदा सामान्य जित भने पर्याप्त हुनेछैन् ।

यदि हङकङमाथि फराकिलो जित हात पारेको खण्डमा नेपालको भविष्य भारत – पाकिस्तानको खेलमा निर्भर गर्नेछ । भारत र पाकिस्तानबीच शनिबार दोस्रो खेल हुँदैछ । उक्त खेलमा पाकिस्तान विजयी हुँदा नेपालको सम्भावना समाप्त हुनेछ । पाकिस्तान पराजित हुँदा नेपाल सेमिफाइनलमा पुग्नसक्छ । नेपाल अन्तिम खेलमा सामान्य अन्तरले विजयी हुँदा पाकिस्तान भारी अन्तरले पराजित भए नेपालको सेमिफाइनल पुग्ने सम्भावना रहनेछ । हङकङ सँगको खेलमा नेपाल पराजित भए स्वत प्रतियोगिताबाट बाहिरिनेछ ।

समूह बी मा बंगलादेश ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ । श्रीलंका ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंक भएपनि नेटरनरेटको कारण दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ । सेमिफाइनलमा श्रीलंकाले समूह ए को विजेता र बंगलोदशले समूह ए को उपविजेतासँग खेल्नेछ । समूह बी मा युएई ३ खेलमा समान १ मा जित, नजिता विहीन र हारका साथ ३ अंकका साथ तेस्रो स्थानमा रहेर बाहिरियो । मलेसिया भने ३ खेलमा २ मा हार र १ खेलमा नतिजा विहीन हुँदै बाहिरियो ।

प्रतिक्रिया