सोमबार, वैशाख १७, २०८१

पहिलो खेल जितका साथ सुरुवात गर्ने लक्ष्यमा नेपाल

नेपालखोज २०८० असार २ गते १८:५९

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता आइतबारबाट जिम्बावेमा सुरु हुँदैछ । जिम्बावेविरुद्ध नेपालको उक्त खेल हरारे स्पोट्स क्लबमा नेपाली समय अनुसार दिउँसो पौने १ बाट सुरु हुँदैछ । 

जिम्बावेविरुद्धको खेल टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध नेपालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता प्राप्त खेल हो । 

प्रतियोगिताको पहिलो खेल जितका साथ सुरुआत गर्ने लक्ष्यमा नेपाल रहेको छ । जिम्बावेसँग नेपालले हालसम्म एक मात्र ५० ओभरको खेल खेलेको छ । नेपालको जिम्बावेसँग यो खेल नै पहिलो र अन्तिम एकदिवसीय खेल रहेको छ ।

प्रतिक्रिया