मंगलबार, जेठ १, २०८१

अफगानिस्तानमा आगलागी हुँदा २०० पसलमा क्षति

नेपालखोज २०८० असार २ गते २१:२०

अफगानिस्तान । अफगानिस्तानको पश्चिमी हेरात प्रान्तको एक ठूलो बजारमा आगलागी हुँदा करिब २०० पसलमा क्षति पुगेको प्रान्तीय शिल्पकार युनियनका प्रान्तीय प्रमुख अब्दुल वादूद फैजादाले शनिबार बताएका छन् । हेरात शहरको कास्र–ए–हेरात बजारमा स्थानीय समयानुसार शनिबार बिहान ३ बजे आगलागी भएको थियो ।

आगलागीमा परी साना ठूला गरी करिब २०० पसल र त्यहाँ रहेका सामानहरू जलेर नष्ट भएका छन् । ‘मुख्यतया लुगाफाटा र कस्मेटिक्स पसलहरू रहेको उक्त स्थानमा आगलागीका कारण करिब ११ करोड ६३ लाख अमेरिकी डलर बराबरको क्षति भएको प्ररम्भिक अनुमान गरिएको छ,’ फैजादाले सिन्ह्वालाई भने ।

प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल लतिफ इन्साफका अनुसार शुक्रबार मध्यरातमा विद्युत चुहावटका कारण लागेको आगो केही घण्टाभित्रै दमकलका कर्मचारीले नियन्त्रणमा लिएका थिए । ‘आगलागीबाट कुनै मानवीय हताहती वा क्षति नभएको तर स्थानीय व्यवसायीलाई ठूलो धनजनको क्षति भएको छ,’ प्रवक्ता इन्साफकाले बताए ।

प्रतिक्रिया