मंगलबार, जेठ १, २०८१

तस्करीविरुद्धको कारबाहीमा टर्कीमा २ हजार वर्ष पुरानो मूर्ति बरामद

नेपालखोज २०८० असार ३ गते ११:१८

इस्तानबुल । टर्कीको प्रहरीले पश्चिमी सहर इज्मिरमा ऐतिहासिक कलाकृति तस्करहरू विरुद्ध कारबाही गर्ने क्रममा २,००० वर्ष पुरानो मूर्ति कब्जा गरेको छ ।

अनादोलु एजेन्सीले शनिवार जनाएअनुसार प्रहरीले इज्मिरको काराबाग्लर जिल्लामा पुरानो खजानाको तस्करीमा संलग्न रहेको विश्वास गरिएका एक जना संदिग्धको घरमा छापा मार्दा सो पुरातात्त्विक वस्तु फेला पारेको थियो ।

उक्त मूर्तिको टाउको देवी वा हेलेनिस्टिक कालदेखिको कुलीन चित्रण गर्ने संगमरमरको मूर्तिको अंश मानिएको छ ।

उक्त कलाकृति विदेश तस्करी गर्ने प्रयास गर्ने अभियुक्त विरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको छ ।

प्रतिक्रिया