शनिबार, जेठ ५, २०८१

‘अन्तर्राष्ट्रिय राष्ट्रपति शैक्षिक अवार्ड’ प्रदान

नेपालखोज २०८० असार ३ गते १८:३७

काठमाडौं । ‘दोस्रो अन्तर्राष्ट्रिय राष्ट्रपति शैक्षिक अवार्ड २०२३’ बाट आज शिक्षासेवी, शिक्षाकर्मी र शिक्षा पत्रकारलगायत विभिन्न व्यक्तित्वहरू सम्मानित भएका छन् ।

शिक्षालय राष्ट्रिय मासिकले आयोजना गरेको कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिलाकुमारी, बागमती प्रदेश सरकारका विना विभागीयमन्त्री रामकृष्ण चित्रकार, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का उपाध्यक्ष दीपिका थापा, शिक्षालयका अध्यक्ष श्याम तण्डुकारले सो सम्मान संयुक्तरूपमा प्रदान गरे ।

नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव र भारतका ११औँ राष्ट्रपति एपिजे डा. अब्दुल कमालका नाममा गत वर्षदेखि नेपालमा सो सम्मान प्रदान गर्न थालिएको हो ।

कार्यक्रममा ‘लाइभटाइम अचिभमेन्ट्स अवार्ड’ बाट आइन्स्टाइन एकेडेमीका संस्थापक अध्यक्ष कविराज राई, ‘भर्सटायल टिचर अवार्ड’ बाट लिटिल एन्जेल्स स्कुलका शिक्षक देवीदत्त पौडेल र ‘इनोभेटिभ अवार्ड’ बाट ग्लोबल एक्सन नेपालका कार्यकारी निर्देशक बिके श्रेष्ठ सम्मानित भए ।

१० हजार राशिसहित ‘एजुकेशन जर्नालिष्ट अवार्ड’बाट नेपाल समाचारपत्रका ईश्वरराज ढकाल र रेडियो नेपालका यशोदा अधिकारीलाई पुरस्कृत गरियो ।

प्रतिक्रिया