मंगलबार, वैशाख २५, २०८१

इरानबाट २ हजार ५०५ अफगान शरणार्थी स्वदेश फर्किए

नेपालखोज २०८० असार ५ गते ७:५०

अफगानिस्तान । अफगानिस्तानको शरणार्थी मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा छिमेकी इरानबाट विगत तीन दिनमा कुल २,५०५ अफगानी शरणार्थीहरू आफ्नो मातृभूमि अफगानिस्तान फर्किएको उल्लेख गरेको छ ।

‘इरानमा वर्षौं शरणार्थीका रूपमा बसेका व्यक्तिहरूलाई स्वदेश फर्काउने प्रक्रिया जारी राखेपछि विगत तीन दिनमा कुल २,५०५ अफगानी शरणार्थीहरू आफ्नो मातृभूमि अफगानिस्तान फर्केका छन्,’ विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयले शनिबार र आइतवार पाकिस्तानबाट ४७६ अफगान शरणार्थीहरू आफ्नो मातृभूमि अफगानिस्तान फर्केको पनि जानकारी दिएको छ। यसैगरी जनवरीदेखि अहिलेसम्म ६० हजारभन्दा बढी अफगान शरणार्थी इरानबाट स्वदेश फर्किएका छन् ।

२५ लाखभन्दा बढी दर्ता भएका अफगान शरणार्थीहरू इरानमा बस्दै आएका छन् र त्यति नै सङ्ख्यामा अफगान शरणार्थीहरू पाकिस्तानमा छन् ।

अफगानिस्तानको कामचलाउ सरकारले विदेशमा रहेका अफगान शरणार्थीहरूलाई स्वदेश फर्केर युद्धग्रस्त देशको पुनर्निर्माणमा योगदान दिन आह्वान गर्दै आएको छ ।

प्रतिक्रिया