मंगलबार, वैशाख २५, २०८१

ट्युनिसियाबाट ३९ जना कागजातबिहीन आप्रवासीको उद्धार

नेपालखोज २०८० असार ५ गते ८:४४

एजेन्सी । ट्युनिसियाको नौसेनाले कागजात नभएका आप्रवासीहरूको ३९ जनाको एक समूहलाई उद्धार गरेको जनाएको छ ।

दक्षिणपूर्वी प्रान्त स्फ्याक्सको तटबाट विभिन्न अफ्रिकी देशका उनीहरूलाई नियन्त्रणमा लिइएको राष्ट्रिय सुरक्षा बलका प्रवक्ता होउसेमेडाइन जेबाब्लीले बताएका छ ।

जेबाब्लीले आफ्नो फेसबुक पेजमा लेख्नुभएको छ, स्फ्याक्सको लुआटाको तटमा शनिबार अबेर राति उद्धार कार्य गरिएको थियो ।

उद्धारका क्रममा राष्ट्रिय नौसैनिक सुरक्षा बलका एक अधिकारीलाई आप्रवासी रहेको डुङ्गाबाट ढुङ्गाले आक्रमण गरेको तर उनीहरूलाई सकुशल नियन्त्रणमा लिइएको उनले बताए ।

मध्य भूमध्यसागरमा अवस्थित ट्युनिसिया अवैध आप्रवासीहरूले प्रयोग गर्ने युरोपको पहुँचको मुख्य बिन्दुहरू मध्ये एक हो ।

ट्युनिसियाली तटहरूबाट इटालीतर्फ सामान्यतया अनुकूल मौसमको कारण गर्मीको समयमा आप्रवासनमा जानेको सङ्ख्यामा अत्यधिक वृद्धि हुनेगर्छ ।

प्रतिक्रिया