मंगलबार, वैशाख २५, २०८१

पाकिस्तानमा भारी वर्षाका कारण ७ को मृत्यु, ७२ जना घाइते

नेपालखोज २०८० असार ५ गते ८:२९

इस्लामबाद । पाकिस्तानमा भारी वर्षाका कारण ७ जनाको मृत्यु भएको छ । खैबर पख्तुनख्वा प्रान्तको तीन जिल्लामा भारी वर्षाका कारण कम्तीमा सात जनाको मृत्यु भएको हो । सो बाढीको चपेटामा परेर अन्य ७२ जना घाइते भएको पाकिस्तानी मिडियाले जनाएका छन् । 

बन्नुका कमिश्नर परवेज सबतखेलले डन अखबारलाई भने, ‘बन्नु, लक्की मारवत र उत्तरी वजिरिस्तान जिल्लाहरूमा तीव्र हावाको साथ भारी वर्षा भएको छ ।’

उनका अनुसार बन्नु जिल्लामा तीन जनाको मृत्यु भएको छ भने ५१ जना घाइते भएका छन् भने लक्की मारवत जिल्लामा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।  उत्तरी वजिरिस्तान जिल्लामा एक जनाको मृत्यु भएको छ । क्षतिको विवरण लिन प्रभावित क्षेत्रमा टोली पठाइएको छ ।

प्रतिक्रिया