बुधबार, वैशाख २६, २०८१

अफगानिस्तानको तखार सवारी दुर्घटनामा ३ जनाको मृत्यु, २ जना घाइते

नेपालखोज २०८० असार ५ गते १२:२७

काबुल । अफगानिस्तानको तखारमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

खामा प्रेस समाचार एजेन्सीका अनुसार पहिलो घटना प्रदेशको चाआब जिल्लामा भएको दुर्घटनामा सवारी साधन पल्टिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

दोस्रो घटना सोही क्षेत्रमा विपरीत दिशाबाट आउँदै गरेको अर्को गाडीसँग ठोक्किँदा एक जनाको मृत्यु भएको हो । यसअघि उत्तरपूर्वी प्रान्त बदख्सानको कोफाब जिल्लामा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको खामा प्रेसले जनाएको छ ।

खामा प्रेसका अनुसार गत साता सर्ए-पोल, बामियान र जाबुल प्रान्त लगायत देशका विभिन्न क्षेत्रहरूमा भएका धेरै सडक दुर्घटनामा कम्तीमा ३३ जनाको मृत्यु भएको र ४५ जना गम्भीर घाइते भएका छन् ।

सडक दुर्घटनामा बृद्धि हुनुमा गैरजिम्मेवार सवारी चालक पक्की सडकको अभाव, कम मर्मतसम्भार र ट्राफिक नियम पालना नगर्नु लगायातका कारण रहेको अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया