मंगलबार, वैशाख २५, २०८१

राजेशपायलले सार्वजनिक गरे छोरोको जन्मदिनमा गीत (भिडियो)

नेपालखोज २०८० असार ५ गते १३:५६

काठमाडौं । गायक राजेशपायल राईले जन्मदिनको अवसरमा छोरा र छोरा समर्पित गीत सार्वजनिक गरेका छन् । उनले विवाहबारे भने औपचारिक रुपमा बोलेका छैनन् ।

छोरा सायारेम एक वर्ष पूरा गरी दोस्रो वर्ष प्रवेश गरेको अवसरमा मंगलबार विहान ‘ह्याप्पी बर्थ डे’ बोलको गीत सार्वजनिक गरेका हुन् । यससँगै राजेशपायलले औपचारिकरुपमा छोरा स्वीकारेको पुष्टि भएको छ ।

सार्वजनिक गीतमा राजेशपायलकै संगीत तथा स्वर रहेको छ । ‘ह्याप्पी बर्थ–डे’ बोलको यस गीतलाई उनले छोरा सायारेमप्रति समर्पित गरेका छन् । किङ स्टुडियोमा रेकर्डिङ गरिएको यस गीतको शब्द रचना अग्नि साम्पाङ राईले गरेका हुन् ।

प्रतिक्रिया