बिहीबार, जेठ ३, २०८१

नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिप : नेपाल भुटानसँग पराजित

नेपालखोज २०८० असार ६ गते ७:१०

काठमाडाैं । नेपाल माल्दिभ्समा जारी फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपको सेमिफाइनलमा पराजित भएको छ । मालेमा मंगलबार राति भएको दोस्रो सेमिफाइनलमा नेपाललाई भुटानले हराएको हो ।

नेपाललाई पराजित गरेको भुटान फाइनलमा प्रवेश गरेको छ ।  समूह चरणमा पनि नेपाल बंगलादेशसँग पराजित भएको थियो । त्यसपछि लगातार ३ खेल जित्दै शीर्ष स्थानका साथ सेमिफाइनल खेलेको नेपाल पुनः भुटान नै बाधक बन्दा फाइनल पुग्न असफल रह्यो ।

भुटानले उपाधिका लागि बंगलादेशसँग खेल्ने छ । बंगलादेशले पाकिस्तानलाई ७९–६५ को स्कोरमा पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

प्रतिक्रिया