बिहीबार, जेठ ३, २०८१

पुरुष साफ च्याम्पियनसिप फुटबल : नेपाल र कुवेत भिड्दै

नेपालखोज २०८० असार ६ गते ७:२७

काठमाडाैं । पुरुष साफ च्याम्पियनसिप फुटबलको १४औं संस्करण आज बुधबारबाट भारतमा सुरु हुँदैछ । बैंग्लोरका श्री कान्तिराव स्टेडियममा हुन लागेको प्रतियोगितामा आज नेपालले पहिलो पटक सहभागिता जनाएको कुवेतसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्न लागेको छ ।

यस पटक साफ च्याम्पियनसिपमा दक्षिण एसियाली राष्ट्र बाहेक कुवेत र लेबनान सहभागी हुँदैछन् नेपाल साविक उपविजेता हो । गत संस्करणमा नेपाल भारतसँग फाइनलमा पराजित भएको थियो ।

नेपाल र कुवेतबीचको उद्घाटन खेल दिउँसो पौने ४ बजे सुरुहुने छ । नेपाल र कुवेत ९ पटक आमने सामने हुँदा नेपाल ८ पटक पराजित भएको छ भने १ खेलमा मात्रै बराबरी खेलेको छ ।  

प्रतिक्रिया