आइतबार, जेठ ६, २०८१

मोजाम्बिकमा एड्सका कारण करिब ४८ हजार व्यक्तिको मृत्यु

नेपालखोज २०८० असार ६ गते ९:५८

मोजाम्बिक । मोजाम्बिकमा गत वर्ष एचआइभी/एड्ससम्बन्धी जटिलताका कारण करिब ४८ हजार व्यक्तिको मृत्यु भएको छ । यद्यपि, यो सङ्ख्या सन् २०२१ मा ५० हजारभन्दा बढी रहेको मोजाम्बिकका अधिकारीहरूले बताएका छन् ।

मोजाम्बिकको राष्ट्रिय एड्स परिषद्का कार्यकारी सचिव फ्रान्सिस्को मोबोफानाले राजधानी मापुटोमा आयोजित पत्रकार सम्मेलनमा उक्त घोषणा गरेका हुन् । उनले गत वर्ष रेकर्ड गरिएको एड्सजन्य मृत्युमा सामान्य कमी देखिएको तर इच्छित लक्ष्यहरू प्राप्त गर्ने उद्देश्यका लागि कार्यहरूको तीव्रताको थप आवश्यकता देखिएको बताए ।

उनले भने, ‘जब हामी यी सङ्ख्याहरू हेर्छौं, हामी सचेत हुनुपर्छ कि यो देशमा १० वर्ष पहिले लगभग ८०,००० मानिसहरू एचआईभी-एड्ससँग सम्बन्धित कारणहरूले मरिरहेका थिए । यसको अर्थ हामीले महत्वपूर्ण कदम चालेका छौं । हामीले मृत्यु दर घटाउनका लाथि थप कडा मेहनत गर्न आवश्यक छ ।’

सन् २००० देखि २०२२ सम्ममा विभिन्न रणनीतिको कार्यान्वयनका कारण करिब १० लाख एचआइभी-एड्सबाट हुने मृत्युबाट बच्न सफल भएको उहाँको भनाइ थियो । नेसनल इन्स्टिच्युट अफ हेल्थ र नेसनल इन्स्टिच्युट अफ स्टाटिस्टिक्सले गरेको अध्ययनअनुसार सन् २०१९ देखि २०२१ को बीचमा एचआइभी-एड्सका कारण यहाँ सबैभन्दा बढी मृत्यु भएको छ ।

मोजाम्विकमा क्यान्सर र औलो मृत्युदरको दोस्रो र तेस्रो मुख्य कारण हुन् ।

प्रतिक्रिया