आइतबार, जेठ ६, २०८१

राष्ट्रपति जो बाइडनले सी जिन्पिङलाई तानाशाह भनेपछि

नेपालखोज २०८० असार ६ गते ११:०४

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले क्यालिफोर्नियामा आयोजित एक कार्यक्रममा चिनियाँ राष्ट्रपति सी जिन्पिङलाई तानाशाह भनेका छन् ।

विश्वका दुई महाशक्तिबीचको तनाव कम गर्ने उद्देश्यले बेइजिङमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले सीलाई भेटेको एक दिनपछि बाइडनको यस्तो टिप्पणी आएको हो।

सीले बेइजिङमा केही प्रगति भएको बताएका थिए भने ब्लिङ्कनले दुवै पक्ष थप वार्ताका लागि खुला रहेको सङ्केत गरेका थिए । चीनले बाइडनको टिप्पणीबारे हालसम्म प्रतिक्रिया दिइसकेको छैन।

बाइडनले के भने ?

मङ्गलवार राति भएको एउटा चन्दा सङ्कलन कार्यक्रममा राष्ट्रपति बाइडनले चिनियाँ जासुसी बलुन अमेरिकी आकाशमा उडाएको हालैको घटनाका कारण सी लज्जित भएको बताए ।

‘सी जिन्पिङ धेरै दु:खी हुनुको कारण के थियो भने जब मैले त्यो बेलुनलाई खसाले त्यसमा दुई बाकस जासुसी उपकरण थिए, उनलाई त्यो त्यहाँ थियो भन्ने थाहा थिएन,’ बाइडनले भने ।

‘जब के भएको भन्ने उनीहरूलाई थाहा हुँदैन, त्यो तानाशाहहरूका लागि लाजमर्दो कुरा हुन्छ ।’ ब्लिङ्कनको बेइजिङ यात्रा करिब पाँच वर्षयता कुनै पनि शीर्ष अमेरिकी कूटनीतिज्ञले चीनमा गरेको पहिलो भ्रमण थियो।

तर उनले दुवै पक्षबीच कैयौँ फरकपन रहेको बताएका थिए । वाशिङटन र बेइजिङ लामो समयदेखि व्यापार, मानवअधिकार र ताइवानलगायतका विभिन्न मुद्दाहरूमा उल्झिदैँ आएका छन् ।

प्रतिक्रिया