शनिबार, जेठ ५, २०८१

कामना सेवा विकास बैंकको बोनस सेयर सूचीकृत

नेपालखोज २०८० असार ६ गते १८:५०

काठमाडौं । कामना सेवा बिकास बैंकको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सुचीकृत भएको छ ।

बैकको २०८० साल बैशाख ३१ गते सम्पन्न १६ औं वार्षिक साधारण सभाबाट सेयरधनीहरुलाई आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट चुक्ता पूँजीको चार दशमलव ४१ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरे बमोजिम उक्त बोनस सेयर नेप्से मा बुधबार सुचीकृत भएको हो ।

काठमाडौं– ३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न स्थानहरुमा एक सय ३४ वटा शाखा, एउटा विस्तारित शाखा र २१ शाखा रहित बैंकिङ सेवा तथा ७६ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ ।

साथै, बैंकले एबिबिएस, एसएमएस बैंकिङ मोवाईल बैंकिङ, सि आस्वा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको छ । बैंकले समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने जानकारी दिएको छ ।

प्रतिक्रिया