मंगलबार, जेठ १, २०८१

ब्राजिलको विद्यालयमा गोली प्रहार गर्ने व्यक्ति जेलभित्र मृत फेला

नेपालखोज २०८० असार ६ गते १९:५९

रियो दि जेनेरियो । ब्राजिलको एक विद्यालयमा यसै साता भएको गोलीकाण्डमा दुई किशोरको हत्या गरेको आरोपमा पक्राउ परेका एक व्यक्ति जेलको कोठामा मृत फेला परेका छन् ।

दक्षिणी राज्य पारानाको सार्वजनिक सुरक्षा मन्त्रालयले २१ वर्षीय युवक मङ्गलबार राति मृत अवस्थामा फेला परेको र यसपछिको अवस्थाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

दक्षिणी नगरपालिका लोन्ड्रिनाको एक विद्यालयमा अध्ययनरत ती व्यक्ति सोमबार बिहान आफूलाई प्रमाणपत्र चाहिएको भन्दै त्यहाँ पुगेका थिए । विद्यालयको पूर्व विद्यार्थीसमेत रहेका ती युवकले गरेको आक्रमणमा १७ वर्षीया किशोरीको घटनास्थलमै मृत्यु भएको थियो भने आक्रमणबाट घाइते भएका एक १६ वर्षीय किशोरको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

अधिकारीहरूका अनुसार गोली हान्ने व्यक्तिलाई एक शिक्षकले रोकेका थिए र त्यसपछि प्रहरीले पक्राउ गरेको थियो । आक्रमणको योजनामा सहयोग गरेको आशङ्कामा अर्का एक व्यक्तिलाई पनि पक्राउ गरिएको छ ।

प्रतिक्रिया