बिहीबार, जेठ ३, २०८१

वेस्ट इन्डिजले नेपाललाई दियो बिशाल रनको लक्ष्य

नेपालखोज २०८० असार ७ गते १६:३४

काठमाडौं । जिम्बावेमा जारी विश्वकप क्रिकेट छनोटअन्तर्गत वेस्ट इन्डिजले नेपाललाई ३ सय ४० रनको लक्ष्य दिएको छ ।

टस हारेपछि ब्याटिङको जिम्मा पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ३९ रन जोड्यो ।

नेपालका ललितनारायण राजबंशीले ३ तथा सन्दीप लामिछाने, करन केसी, गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए।

सन्दीपले १० ओभरमा एक मेडन राखेर ५० रन खर्चिए। करनले १० ओभरमा ८१ रन खर्चिए।

प्रतिक्रिया