बिहीबार, जेठ ३, २०८१

वेस्ट इन्डिजसँग नेपाल १०१ रनले पराजित

नेपालखोज २०८० असार ७ गते २०:५३

काठमाडौं । जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपाल १ सय १ रनको फराकिलो अन्तरले पराजित भएको हो ।

कप्तान शाई होप र निकोलस पुरनको उत्कृष्ट शतकको सहयोगमा वेस्ट इन्डिजले नेपाललाई फराकिलो अन्तरमा पराजित गरेको हो ।

वेस्ट इन्डिजले दिएको ३ सय ४० रनको लक्ष्य पछ्याएको नेपालले ४९ दशमलब ४ ओभरमा अलआउट हुदै २ सय ३८ रन मात्र बनायो ।

दुई खेलमा अपराजित वेस्ट इन्डिज ४ अंकका साथ समूह ए को शीर्ष स्थानमा उक्लिएको छ । हारसँगै २ अंक रहेको नेपाल चौथो स्थानमा झरेको छ ।

नेपालले समूह चरणको अन्तिम खेलमा शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।

सुपर सिक्समा स्थान बनाउन नेदरल्यान्ड्सविरुद्धको खेल जित्नै पर्ने हुन्छ । र, सोमबारको खेलमा नेदरल्यान्ड्स वेस्ट इन्डिजसँग पराजित हुनुपर्नेछ ।

प्रतिक्रिया