बिहीबार, जेठ ३, २०८१

काभा पुरुष भलिबल : नेपालले आज किर्गिस्तानसँग खेल्दै

नेपालखोज २०८० असार ८ गते ७:०८

काठमाडाैं । काभा पुरुष भलिबल नेसन्स लिगको पाँचौं खेलमा नेपालले आज किर्गिस्तानको ‘बी’ टोलीसँग  प्रतिस्पर्धा गर्दैछ ।

बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा नेपालले आयोजक टोलीको ‘बी’ टिमसँग खेल्नेछ । नेपाल र किर्गिस्तानबीचको खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

नेपाल आज पहिलो जित निकाल्ने योजनामा रहेको छ । नेपालले पहिलो खेलमा मंगोलिया र दोस्रो खेलमा आयोजक किर्गिस्तानसँग हार व्यहोरेको थियो ।  यस्तै तेस्रो खेलमा इरानसँग पराजित भएको नेपालले चौंथो खेलमा तुर्किमिनिस्तानसँग पराजित भएको थियो ।

काभा नेसन्स लिगमा नेपालसहित ७ टोलीको सहभागिता रहेको छ ।नेपालले अन्तिम खेलमा उज्वेकिस्तानसँग खेल्ने छ ।

प्रतिक्रिया