बुधबार, जेठ २, २०८१

आईसीसी एकदिवसीय विश्वकप छनोट : भोलि नेपालले नेदरल्याण्ड्सँग खेल्ने

नेपालखोज २०८० असार ८ गते २१:२५

काठमाडाैं । आईसीसी एकदिवसीय विश्वकप छनोटमा भोलि शनिबार नेपालले नेदरल्याण्ड्सँग खेल्दै छ । नेपालको समूह चरणको अन्तिम खेल हो भने नेदल्याण्ड्सले अझै एक खेल खेल्न बाँकी हुने छ ।

नेदरल्याण्ड्सले अन्तिम खेलमा वेस्टइन्डिजसँग खेल्नु पर्ने छ । समूह एमा वेस्टइन्डिज र जिम्बाबे लगातार दुई खेल जित्दै शीर्ष २ स्थानमा रहँदा नेदरल्याण्ड्स र नेपाल २ अंकका साथ क्रमश तेस्रो र चौथो स्थानमा छन् ।

भोलि शनिबारको खेलमा नेदरल्याण्ड्स विजयी भए सुपर सिक्सका लागि समूह एबाट ३ टिमको टुंगो लाग्ने छ । नेपाललाई सुपर सिक्समा पुग्नका लागि कुनै पनि हातलमा नेदरल्याण्ड्सलाई पराजित गर्नु पर्ने छ ।

नेपालले भोलि नेदरल्याण्ड्सलाई पराजित गरेमा र अन्तिम खेलमा वेस्टइन्डिजसँग पनि पराजित भएमा नेपाल सुपर सिक्समा पुग्ने छ ।  

प्रतिक्रिया