मंगलबार, जेठ १, २०८१

श्रीलंकाद्वारा तत्काल ऋण पुनर्संरचनामा जोड

नेपालखोज २०८० असार ८ गते २१:५६

श्रीलंका । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले अस्थिरताबाट बच्न ऋणको पुनर्संरचनाको आवश्यकतामा जोड दिएको राष्ट्रपतिको सञ्चार विभाग (पीएमडी) ले शुक्रबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

जुन २२ मा पेरिसमा सम्पन्न नयाँ ‘ग्लोबल फाइनान्सिङ प्याक्ट’का लागि शिखर सम्मेलनमा उच्चस्तरीय समिति को छलफलमा भाग लिने क्रममा राष्ट्रपति ट्रम्पले उक्त टिप्पणी गरेको पीएमडीले जनाएको छ ।

श्रीलङ्काले वित्तपोषणमा सीमित पहुँचको सामना गर्नुपरेको, आफ्नो ऋण र आर्थिक पुनर्संरचना कार्यक्रमको स्वामित्व लिएको औंल्याउँदै राष्ट्रपतिले सहुलियतपूर्ण वित्तपोषणमा समयमै र स्वचालित पहुँचको आवश्यकतामा जोड दिएका हुन् ।

उनले यस प्रक्रियाको क्रममा भएको उच्च लागतबारे पनि प्रकाश पार्नुभएको थियो । श्रीलङ्काले सन् २०२२ को अप्रिलमा विदेशी ऋण भुक्तानी स्थगनको घोषणा गरेको थियो । गत वर्ष श्रीलङ्का आफ्नो स्वतन्त्रता पछिको सबैभन्दा खराब वित्तीय सङ्कटको चपेटामा परेको थियो ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले यसै वर्षको मार्चमा श्रीलङ्काको आर्थिक नीति र सुधारका लागि करिब तीन अर्ब अमेरिकी डलरको विस्तारित कोष सुविधा अन्तर्गत ४८ महिनाको विस्तारित व्यवस्थालाई अनुमोदन गरेको थियो ।

प्रतिक्रिया