आइतबार, जेठ ६, २०८१

ड्र्यागन बोट फेस्टिभलमा चीनमा तीन दिनमा १० करोड ६० लाखले भ्रमण गरे

नेपालखोज २०८० असार १० गते १४:५९

बेइजिङ । चीनमा तीन दिने ड्र्यागन बोट फेस्टिभल बिदामा कुल १० करोड ६० लाख आन्तरिक पर्यटकले भ्रमण गरेको जनाएको छ ।

यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा ३२.३ प्रतिशतले बढी रहेको संस्कृति तथा पर्यटन मन्त्रालयले जनाएको छ ।

बिहीबारदेखि शनिबारसम्म चल्ने बिदाको अवधिमा पर्यटन राजस्व ३७.३१ अर्ब युआन (लगभग ५.२ अर्ब अमेरिकी डलर) पुगेको छ । यसबाट राजश्व वृद्धि वार्षिकरूपमा ४४.५ प्रतिशतले बढेको पाइएको छ ।

प्रतिक्रिया