शनिबार, जेठ ५, २०८१

नेपाल टेलिकमको एफटीटीएच सेवाको मागदर्ता १९८ मार्फत गर्न सकिने

नेपालखोज २०८० असार १० गते २०:१३

काठमाडौं । नेपाल टेलिकमको एफटीटीएच सेवाको मागदर्ता १९८ मार्फत गर्न सकिने भएको छ । टेलिटमले आईतबार बिज्ञप्ती जारी गर्दै उक्त जानकारी दिएको हो । टेलिकमले अत्याधुनिक दूरसञ्चार सेवाहरु उपलब्ध गराउने क्रममा मुलुकभर एफटीटीएच सेवाको विस्तार तीब्ररुपमा गरिरहको जनाएको छ ।

यसका बाबजुद अझैपनि ग्राहकको माग बमोजिम केही स्थानहरुमा यो सेवाको पहुँच स्थापित गर्ने क्रमजारी नै रहेको छ । सेवाग्राहीहरुको मागलाई मध्यनजर गर्दै यो सेवाको उपलब्धताका सम्बन्धमा निःशुल्कनम्बर १९८–१(१९८ मा डायल गरी प्राप्त सन्देशपश्चात फेरी १ डायल गरी) मा डायल गरी ग्राहक सेवा केन्द्रका प्रतिनिधिर्फत आवश्यक जानकारी प्राप्त गर्न एवं सेवाको माग दर्ता गर्न सकिने व्यवस्था मिलाइएको जानकारी टेलिकमले दिएको छ ।

टेलिकमका अनुसार यही असार ११ गते सोमबारदेखि एफटीटीएच सेवा प्राप्त गर्न चाहाने मुलुकभरका सेवाग्राहीहरुले १९८–१ डायल गरेर आफूलाई आवश्यक पर्ने सेवा र स्थानकाबारेमा पहिले नै माग दर्ता गर्न सक्ने छन् । ती स्थानहरुमा कम्पनीले यथासम्भव छिटो एफटीटीएच जडान गर्नेछ ।

नेटवर्क नभएका स्थानमा सम्भवभएसम्म पूर्वाधार निर्माण गरी एफटीटीएच सेवा उपलब्ध गराउने छ । एफटीटीएच सेवामा एउटै फाइबरबाट टेलिफोन, तीब्र गतिको इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध रहेको जानकारी पनि टेलिकमले दिएको छ ।

प्रतिक्रिया