शनिबार, वैशाख २२, २०८१

लोकदोहोरी प्रतिष्ठानले भन्यो, ‘सपुतमाथिको बोतल प्रहार अराजकताको पराकाष्ट’

नेपालखोज २०८० असार ११ गते १२:१०

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले रोमानियामा गायक प्रकाश सपुतमाथि स्टेजमै भएको बोतल प्रहारको निन्दा गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष रीता थापा मगर र कार्यावहाक महासचिव शिरीष देवकोटाद्वरा जारी विज्ञप्तिमा सपुतमाथिको प्रहार अमानवीय र अराजकताको पराकाष्ट भएको बताएको छ ।

प्रतिष्ठानका केन्द्रीय सचिव समेत रहेका सपुतमाथिको आक्रमणले कलाकारको मनोबल घट्ने र सम्पूर्ण कलाकारको मन दुखेको छ, विज्ञप्तिमा भनिएको छ । दोषी माथि कारबाहीको समेत माग गरिएको छ ।

सपुतले स्टेजमा ‘बोलमाया’गाउदै गर्दा उनलाई दर्शकदिर्घाबाट बोतल प्रहार भएको हो । बोतलले प्रकाशको देब्रे गालामा लागेपछि प्रकाशले गीत गाउन रोकेका थिए ।

सपुतलाई हमला गर्ने नियतले नभई रक्सीको तालमा प्रहार भएको आयोजकले जनाएको छ । सो घटनापछि कार्यक्रम आधा घण्टा जति बिथोलिएको थियो । त्यसपछि फेरि सपुतले गायनलाई निरन्तरता दिएका थिए ।

आयोजकले बोतल प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएका छन् ।

प्रतिक्रिया