आइतबार, जेठ ६, २०८१

मानसिक स्वास्थ्यको प्रभाव

नेपालखोज २०८० असार १२ गते ५:३०

मानिस स्वस्थ हुनको लागि शारीरिक तथा मानसिक तन्दुरुस्ती हुनुपर्छ । यसमध्ये पनि सानातिना शारीरिक रोगहरू मानसिक स्वस्थताको कारणले आफैँ निको हुन सक्छ । तर मानसिक समस्या भएमा शारीरिक रोगहरू झनै जटिल हुने सम्भावना हुन्छ । मानसिक रूपमा अस्वस्थ भएमा निम्नानुसार समस्याहरू देखिन्छ :

शारीरिक स्वास्थ्यमा प्रभाव

मानसिक स्वास्थ्यले शारीरिक स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पर्छ । जिउ गल्ने, आलस्य हुने, वाकवाकी आउने, पाचनमा समस्या तथा लामो समयसम्म तनावको अवस्थाले गर्दा उच्च रक्तचाप, मधुमेह तथा अन्य धेरै नसर्ने रोगहरू देखापर्छ ।

बौद्धिक क्षमतामा ह्रास

मस्तिष्कले सम्झन सक्ने, सोच्ने, समस्या समाधान गर्ने जस्ता बौद्धिक सिपहरूलाई व्यवस्थापन गर्छ  । विशेषतः सामाजिक परिवेशबाट पाएका नकारात्मक संवेगहरूले मनमा ठुलो स्थान बनाएको हुन्छ । नकारात्मक संवेग अभिवृद्धि भई मस्तिष्कलाई व्यवस्थापन गर्न कठिनाई हुन्छ र बौद्धिक सिपहरू सुचारु गर्न असमर्थ हुँदै जान्छ । यस्तो अवस्था बढ्दै गएमा मानसिक रोगको रूपमा विकसित हुन्छ ।

आत्महत्या

मानसिक स्वास्थ्यको कारणले गर्दा आत्महत्याको विचार आउने, आत्महत्या नै गर्ने, आफूलाई दुःख (घाउ, चोट) दिने, व्यक्तिको हत्याको योजना गर्ने जस्ता अमानवीय तथा अपराधिक कार्य गर्ने सम्भावना हुन्छ ।

स्रोत : युनिसेफ नेपाल

प्रतिक्रिया