आइतबार, जेठ ६, २०८१

क्यान्सर विरुद्धको खोपमा सफलता

नेपालखोज २०८० असार १२ गते ११:१६

काठमाडौं । मानिसलाई घातक क्यान्सरबाट बचाउन दशकौं लामो खोजका क्रममा वैज्ञानिकहरूले महत्त्वपूर्ण सफलता हासिल गरेका छन् । वैज्ञानिकहरूले यो खोज महत्वपूर्ण मोडमा पुगेको बताएका छन् ।

क्यान्सर उपचारमा यो ठूलो प्रगति भ्याक्सिन हुन सक्छ । वैज्ञानिकहरूले आगामी ५ वर्षमा यस्ता थप खोप आउने सम्भावना समेत व्यक्त गरेका छन् ।

यूएस नेशनल क्यान्सर इन्स्टिच्युटका डा.जेम्स गुलीले भनेका छन् – यो खोपले क्यान्सर कोशिकाहरू पत्ता लगाउन र त्यसलाइ मार्न तथा मानिसको प्रतिरक्षा प्रणाली मजबुत तुल्याउन सक्छ । यसका लागि एमआरएनए प्रविधि पनि प्रयोग गर्न सकिन्छ, जुन हालै कोरोना महामारीका लागि प्रयोग गरिएको थियो।

अमेरिकाको सिएटलस्थित युडब्ल्यु मेडिसिनकी डा. नोरा डिसिस भन्छिन् – क्यान्सर विरुद्धको खोप विकास गर्न मानव प्रतिरक्षा प्रणालीलाई टी कोशिकाको रूप चिन्न सिकाउनुपर्छ।

शरीरको कुनै पनि ठाउँमा पुगेपछि यसले टि कोशिकाहरूसँग सम्बन्धित खतराहरू पत्ता लगाउन सक्छ । वैज्ञानिकहरूले उनीहरूको यो खोज सम्पूर्ण विश्वका लागि नयाँ वरदान साबित हुन सक्ने बताएका छन् ।

अध्ययनहरूले देखाएका छन संसारमा क्यान्सरका केसहरू लाखौं लाखमा बढिरहेको छ । यस्तो अवस्थामा खोपको माध्यमबाट यो रोगको बढ्दो क्रमलाई रोक्न सकिन्छ ।

प्रतिक्रिया