आइतबार, जेठ ६, २०८१

अभिभावकको मानसिक स्वास्थ्य र बालबालिकामा प्रभाव

नेपालखोज २०८० असार १३ गते ७:४१

अभिभावकमा भएका मानसिक स्वास्थ्य समस्याको प्रत्यक्ष प्रभाव बालबालिकामा पर्छ । बालबालिका हिंसा र दुर्व्यवहारमा पर्नुको मुख्य कारण अभिभावक वा ठुला व्यक्तिहरूको मानसिक स्वास्थ्य समस्या हो । मानसिक रूपमा अस्वस्थ अभिभावकको व्यवहार र बालबालिकाको व्यवहार एक अर्कालाई नकारात्मक उत्प्रेरणा दिइरहेका हुन्छन् । बालबालिकाको प्रकृति अभिभावकको मानसिक समस्याको नकारात्मक असर

– बालबालिका पूर्णतया अभिभावकमा निर्भर हुन्छन् ।

– बालबालिकाले अभिभावकमा भएको तनाव, समस्याहरू बुझ्न सक्दैनन् ।

– बेवास्ताको अनुभव बालबालिकाले गरेपछि झन् ध्यानाकर्षणको लागि रुने कराउने, झगडा गर्ने गर्छन् ।

– उनीहरू खेल्ने खोज अनुसन्धान गर्ने भएकाले यसले अरूलाई पर्ने प्रभाव बुझ्न सक्दैनन् । अभिभावकले दुर्व्यवहार ९पिट्ने, फाल्ने, यौनदुर्व्यवहार, हिंसा० गर्ने ।

– खाना, समयअनुसारका लुगाफाटाको व्यवस्था नगर्ने सिकाइ, सुरक्षामा ध्यान नदिने, बेवास्ता गर्ने ।

– बालबालिकाको रुवाइ झगडाले अभिभावकको रिस अझै बढ्ने ।

– बालबालिकाको खेल्ने चल्ने खोज गर्ने बानीले झर्को लाग्ने ।

– बालबालिकाकालाई आफ्नो प्रतिद्वन्द्वी जस्तो व्यवहार दोष लगाउने ।

बालबालिकाको प्रकृति र मानसिक समस्या भएका अभिभावकको प्रकृति एकअर्काप्रति नकारात्मक उत्प्रेरणा जगाउने खालको हुन्छ । यसको परिणाम अभिभावक र बालबालिका दुवैलाई नकारात्मक भावना बढेर एक अर्काबाट टाढा बस्न मन लाग्ने, बालबालिकालाई पढाइ लेखाइमा समस्या हुने, कक्षा दोह¥याउने, विद्यालय छाड्ने, बानी व्यवहारमा समस्या देखापर्ने, लागुपदार्थको सहारा लिने, घरबाट भाग्ने, आत्महत्या गर्ने, अपराधिक गतिविधिमा समावेश हुने सम्भावना बढ्छ ।

स्रोत : युनिसेफ नेपाल

प्रतिक्रिया