आइतबार, वैशाख १६, २०८१

सनरुफको सुविधा भएका इलेक्ट्रिक कारहरू

नेपालखोज २०८० असार १३ गते १२:०६

काठमाडाैं । यदि इलेक्ट्रिक कार किन्ने सोचमा हुनुहुन्छ र यसमा सनरुफ फिचर पनि लिन चाहानुहुन्छ भने यो जानकारि तपाईंका लागि उपयोगी साबित हुनसक्छ ।

Kia EV6

Kia EV6 Kia EV6 मा ADAS सुविधाहरू छन् । सुरक्षाको हिसाबले यो गाडीमा ८ वटा एयरब्याग , ABS, EBD, स्टेबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल , इन्टेलिजेन्स रिजेनेरेटिभ ब्रेकिङ र डिस्क ब्रेक जस्ता उन्नत सुरक्षा सुविधाहरू उपलब्ध हुन्छन् । यसमा ठूलो सनरुफ पनि छ । यसमा एलईडी लाइटिङ, १८ इन्च एलोय ह्वील, १२.८ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, पानोरामिक सनरुफ, ३६० डिग्री क्यामेरा, एम्बियन्ट लाइटिङ, फ्रन्ट पावर सिट तथा पाँच इन्च डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल जस्ता उत्कृष्ट सुविधाहरू जडान गरिएका छन ।

Byd atto 3

यसमा एलईडी लाइटिङ, १८ इन्च एलोय ह्वील, १२.८ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, पानोरामिक सनरुफ, ३६० डिग्री क्यामेरा, एम्बियन्ट लाइटिङ, फ्रन्ट पावर सिट तथा पाँच इन्च डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल जस्ता उत्कृष्ट सुविधाहरू उपलब्ध छन्।

Hyundai IONIQ 5

हुन्डाई IONIQ 5 Hyundai Ioniq 5 एउटा 72.6kWH ब्याट्री प्याक द्वारा संचालित गाडि हो जसले 216bhp र 350Nm पीक टर्क उत्पन्न गर्दछ । यसले एकल चार्जमा ६३१ किलोमिटरको रेन्ज दिन्छ भने यसलाई ३५० किलोवाटको डीसी चार्जर प्रयोग गरेर १८ मिनेटमा १०-८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ। यो EV सनरुफ सुविधाका साथ आउँछ।

Volkswagen ID.4

Volkswagen ID.4 फोक्सवागन ID.4 को भित्री भाग प्रिमियम क्लासको देखिन्छ । यसक‍ ड्यासबोर्डमा डिजिटल ड्राइभिङ डिस्प्लेसहित ठूलो १२ इन्चको डिजिटल टचस्क्रिन इन्फोटेनमेन्ट स्क्रिन छ। यसमा प्यानोरामिक सनरुफको सुविधा पनि उपलब्ध हुन्छ। यो गाडीका सुरक्षा फिचरहरू धेरै उन्नत छन्।

प्रतिक्रिया