आइतबार, वैशाख २३, २०८१

अमेरिकामा यस्तो घर

नेपालखोज २०८० असार १४ गते ८:१२

अमेरिकाको ओहायोमा लुगामा उडुस भेटिएपछि प्रहरीले तीन स्कुले दाजुभाइका बाबुआमालाई पक्राउ गरेको छ ।

ती बालबालिकाको स्कुलले उनीहरुको झोलाबाट उडुस र साङला निस्कने गुनासो बारम्बार गरेपछि प्रहरी यो कारवाही गर्न बाध्य भएको थियो ।

पीडित तीनै दाजुभाइ फरक–फरक कक्षामा पढ्छन् । ती तीनजनै दाजुभाइले आफ्नो स्कुलको झोलाबाट साङ्लो , लुगाबाट उडुस र टाउकोबाट जुम्रा निस्केको गुनासो गर्दै आएका थिए । त्यसपछि विद्यालयले अभिभावकलाई प्रहरीमा उजुरी गरेको थियो ।

पक्राउ पर्ने महिलामा मिरान्डा क्याम्पबेल (उमेर-३२ वर्ष) तथा उनका पति जेसन गुडस्पिड (उमेर-३९ वर्ष) भएको बताइएको छ । उनीहरू दुवैमाथि आफ्ना तीन सन्तानको ज्यान जोखिममा पारेको आरोप छ । उनीहरुमाथि बालबालिकाको पालनपोषणमा लापरवाही गरेको लगायतका थुप्रै गम्भीर आरोप लगाइएको छ ।

विद्यालयले ती बालबालिकाको पोशाक समेत सफा नभएको आरोप लगाएको छ । सुरुका केही दिन विद्यालयले बालबालिकालाई सफा लुगा लगाएर पठाउन अभिभावकहरुलाइ टिपोट समेत लेखेर पठायो तर त्यसको कुनै असर नपरे पछि विद्यालयले स्वास्थ्य विभाग तथा प्रहरीलाई खबर गरेको थियो ।

प्रहरी ती छात्रहरुको घर पुगे पछि उनिहरुले त्यहाँ यति धेरै काक्रोच देखे कि उनिहरु आफै घरको बेसमेन्ट भित्र पस्न डराए । प्रहरी उनीहरुको घरमा छानबिन गर्न पुग्दा घरबाहिर बाटै निकै दुर्गन्धित थियो । प्रहरीहरू मास्क लगाएर घरभित्र पसे । चिकित्सकले बालबालिकाको परीक्षण गर्दा उनीहरु कुपोषित र संक्रमित भेटिए ।

पुलिसले घर सिल गर्यो

मिरान्डा र जेसनको घरमा अनेकौं जनावरहरू पनि थिए । ती जनावरलाई पनि त्यहाँबाट उद्धार गरिएको छ। स्मरण रहोस अमेरिकामा घरमा जनावर पाल्न दर्ता आवश्यक छ उक्त घरमा फेला परेका जनावर मध्ये कुनै पनि जनावर दर्ता गरिएको थिएन । प्रहरीले अनुसन्धानपछि यो घर कुनै पनि मानिस बस्नका लागि निकै जोखिमपूर्ण रहेको भन्दै सिल गरिएको जनाएको छ ।

अमेरिकामा बालबालिकाहरूको सरसफाइ नगरे आमाबाबुलाई जिम्मेवार मानिन्छ र यसलाई उनीहरूको जीवनमा गम्भीर रोगको जोखिम ठहर्‍याइन्छ ।

अहिले तीनै जना बालकलाई आफन्तको जिम्मा लगाइएको छ भने उनिहरुकी आमा मिरान्डाले आफ्नो गल्ती स्विकार गर्दै आफूले विद्यालयबाट कहिल्यै कुनै गुनासो नपाएको बताएकी छिन् ।

प्रतिक्रिया