आइतबार, जेठ ६, २०८१

कोल्ड ड्रिंक पिउँदा क्यान्सरको खतरा : डब्लूएचओ

नेपालखोज २०८० असार १६ गते ८:१५

के कोल्ड ड्रिंक पिउँदा क्यान्सर हुन सक्छ ? यो हाम्रो होइन डब्ल्यूएचओको अनुसन्धानले बताइरहेको कुरा हो । एस्पार्टम संसारको सबैभन्दा सामान्य कृत्रिम मिठाई मध्ये एक हो जसले क्यान्सर निम्त्याउन सक्छ । यति मात्र होइन अर्को महिना यसलाई विश्वको प्रमुख स्वास्थ्य निकायले सम्भावित कार्सिनोजेन घोषणा गर्ने खबर पनि आएको छ । यस बाहेक विश्व स्वास्थ्य संगठनको यो रिपोर्टले धेरै कुरा भन्छ ।

कोला र च्युइङ गमलाई पनि कार्सिनोजेन घोषणा

डब्ल्यूएचओ (विश्व स्वास्थ्य संगठन) को यो रिपोर्ट अनुसार सोडा र सफ्ट ड्रिंकहरू जस्तै कोलादेखि च्युइगम र केही स्न्यापल पेय पदार्थमा प्रयोग हुने एस्पार्टमले शरीरमा क्यान्सर कोशिकाहरूलाई ट्रिगर गर्न सक्छ। यस बिषयमा इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सर (IARC) ले एस्पार्टेम युक्त उत्पादन कम वा बढी लिनुले स्वास्थ्यमा असर गरिरहेको बताएको छ ।

एस्पार्टेम के हो र यसले कसरी क्यान्सर निम्त्याउँछ ?

एस्पार्टेम एक कृत्रिम स्वीटनर वा एउटा जैविक यौगिक हो जसलाई मिथाइल एस्टर भनिन्छ । यो नियमित दानेदार चिनी भन्दा २०० गुणा बढि गुलियो हुन्छ । यो १९८१ मा कम क्यालोरी स्वीटनरका रूपमा बजारमा आएको थियो । यसलाई सुगर फ्री पनि भनिन्छ । यद्यपि यसको स्वास्थ्यसँग सम्बन्धित हानिका कुराहरु बाहिर आउन थालेका छन् ।

२०१७ मा पोषण न्यूरोसाइन्सका अनुसन्धानकर्ताहरूले रिपोर्ट गरे अनुसार यसले मानिसको तन्त्रिका स्वास्थ्यलाई असर गर्छ जसले टाउको दुख्ने , माइग्रेन, चिढचिढापन , चिन्ता, अवसाद र अनिद्रा लगायत व्यवहार र संज्ञानात्मक समस्याहरू निम्त्याउन सक्छ। यस बाहेक यसले केही क्यान्सर कोशिकाहरूलाई पनि उत्प्रेरित गरिरहेको छ जुन शरीरमा विभिन्न परिवर्तनका रूपमा बाहिर निस्किरहेको छ ।

रिपोर्ट अनुसार यहि जुलाईमा क्यान्सरको अनुसन्धानका लागि अन्तर्राष्ट्रिय एजेन्सी (IARC) ले पहिलो पटक मानिसका लागि घातक कार्सिनोजेनिक शीर्षक अन्तर्गत धेरै उत्पादनहरू लाइ सूचीबद्ध गर्नेछ जसले क्यान्सर निम्त्याउन सक्छ। यसअघि पनि डब्ल्यूएचओ कमिटी अन एडिटिभ्सका धेरै रिपोर्टहरु आएका छन् ।

यो प्रसङमा यो वर्ष पनि एस्पार्टेमको प्रयोगको समीक्षा गर्दैछ। यसको बैठक जुनको अन्त्यमा सुरु भएको छ भने जुलाईमा यसको निर्णय आउन सक्छ।

प्रतिक्रिया