शुक्रबार, वैशाख २८, २०८१

सिलु महाद्यःग (फसि द्य:ग)

सुनील उलक २०८० असार १६ गते ७:५५

भक्तपुर । वि.सं. १७०७ मा जगतप्रकाश मल्लको समयमा बनेको शिखर शैलीको सिलु महा द्य:ग (गोसाइकुण्ड महादेवको मन्दिर) विशाल र भव्य थियो । गोसाइँकुण्ड सम्म जान नसक्नेहरुले भक्तपुर नै बसेर गोसाइँकुण्ड महादेवको दर्शन गर्नका लागि यो मन्दिर बनाइएको थियो । यस मन्दिरलाई अंग्रेजहरुले सबैभन्दा अग्लो र भव्य शिखरशैलीको मन्दिर भनेर परिचय दिएका थिए ।

बि.सं.१९९० सालको महाभूकम्पले सो भव्य मन्दिर पनि भत्कायो । त्यतिबेला जुद्धशम्शेरको समयमा भत्केका मन्दिरहरु छिट्टै पूननिर्माण त भयो तर वास्तविक स्वरुप भने हरायो । भूकम्प पछि पूनर्निमार्ण गरिदाँ यसको स्वरुप फर्सि जस्तै बनाइयो । जनताले खिस्याउदै यो मन्दिरको नाम नै फर्सि जस्तै मन्दिर (फसिद्य:ग) राखिदियो । २०७२ को भूकम्पले त्यो फर्सि जस्तै मन्दिर फेरी भत्कियो । अब कस्तो बनाउने अन्योल रहेको थियो ।

शिखर शैलीको सिलु महाद्यःगको मन्दिर बनाउने तैयारी भयो । मैले मसंग भएको पुरानो सिलु महाद्य:ग मन्दिरको तस्बिर उपलव्ध गराएँ । इनसेटमा दायाँ तर्फ ९० साल भन्दा अगाडिको सिलु महाद्यःग, बायाँ तर्फ ९० सालको भूकम्प पछि बनाइएको सिलु महाद्यःग र मुख्य तस्बिर हालै बनाइएको सिलु महाद्यःग । तर दुखको कुरा उस्तै बन्न सकेन । उचाइ घटाइएको छ, मन्दिरको ब्यास पनि आबश्यक भन्दा बढाइएको छ । तथा जमिन देखि मन्दिरको धरातल भने अग्लो बनाइएको छ ।

गजूरको भाग पनि भिन्न बनेको छ । साथै हालको तस्विरको दायाँ देखिएको दुई सिंह लाँ पाँ द्यःगको हो । जुन हालसम्म बनेको छैन । यस मन्दिरको खास नाम हरिशंकर द्यःग हो । जुन मन्दिरको तस्बिर इनसेटमा रहेको तस्विरको बायाँ तर्फ देख्न सकिन्छ ।

प्रतिक्रिया