शनिबार, वैशाख २२, २०८१

ओटीटीमा यो साता नयाँ के छ ?

नेपालखोज २०८० असार १६ गते १२:२६

काठमाडाैं । अचेल दर्शकमा ओटीटीको क्रेज बढ्दै गएको छ । दर्शकहरू थिएटरहरू भन्दा ओटीटी प्लेटफर्ममा श्रृंखला तथा चलचित्र हेर्न रुचाउँछन्। यो हप्ता ओटीटी प्लेटफर्महरूमा मनोरञ्जनको पूर्ण खुराक पाइनेछ।

हेरौं यो हप्ता ओटीटी कुन-कुन चलचित्र र शृङ्खला आउँदैछन् :

लस्ट स्टोरीज

फिल्म लस्ट स्टोरीजलाई दर्शकले निकै रुचाएका थिए । यो फिल्मको दोस्रो सिजन जुन २९ मा नेटफ्लिक्समा स्ट्रिम भैसकेको छ।

द विचर

नेटफ्लिक्स को श्रृंखला द विचरको तेस्रो सिजन जुन २९ मा रिलीज भएकोछ । यो सिरिजमा हेनरी क्याभिल मुख्य भूमिकामा छन्।

लकडबग्गा

हाइना अंशुमान झा र रिद्धि डोगराको एक्सन फिल्म लकडबग्गा ३० जुलाईमा जी फाइब बाट प्रसारण हुँदैछ। यो फिल्म यसअघि हलमा रिलिज भएको थियो ।

सार्जेन्ट

बलिउड अभिनेता रणदीप हुड्डाको फिल्म सार्जेन्ट जुन ३० मा जियो सिनेमामा स्ट्रिम हुँदैछ । यो फिल्ममा रणदीप प्रहरीको भूमिकामा छन् ।

अफवाह

नवाजुद्दीन सिद्दीकी र भूमि पेडनेकरको फिल्म अफवाह पनि जुन ३० मा नेटफ्लिक्समा आउने तय भएको छ । यो फिल्म पहिले नै थिएटरमा हिट भैसकेको छ भने अब यसले ओटीटीमा तहल्का मच्चाउँदैछ।

प्रतिक्रिया