शनिबार, जेठ ५, २०८१

 बढ्यो सुनचाँदीको मूल्य

नेपालखोज २०८० असार १७ गते ११:३५

काठमाडौं । सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलाको १ लाख १० हजार १ सय रुपैयाँ निर्धारण भएको छ ।

शुक्रवार सुन तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदी तोलामा १० रुपैयाँले बढेको छ । आइतबार कारोबार मूल्य प्रतितोला १३ सय ७० रुपैयाँ भएको छ । अघिल्लो दिनका तुलनामा १० रुपैयाँ घट्दा शुक्रबार प्रतितोला १३ सय ६० रुपैयाँ थियो ।

प्रतिक्रिया