आइतबार, जेठ ६, २०८१

राष्ट्र बैंकले गर्याे पुनः२९ अर्ब ६६ करोड रुपैयाँको ट्रेजरी आव्हान

नेपालखोज २०८० असार १७ गते १३:२४

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः २९ अर्ब ६६ करोड छ लाख ५५ हजार रुपैयाँको ट्रेजरी बिल बिक्रीको आव्हान गरेको छ ।

राष्ट्र बैंकका अनुसार सोमबार अपराह्न तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।जारी मिति भने असार १८ गते मङ्गलवार तोकिएको ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले भाग लिन पाउनेछन् ।

बिक्री गरिने कुल ट्रेजरी मध्येमा २८ दिने अवधिको आठ अर्ब, ९१ दिने अवधिको सात अर्ब ७५ करोड, एक सय ८२ दिने अवधिको पाँच अर्ब र तीन सय ६४ दिने अवधिको आठ अर्ब ९१ करोड छ लाख ५५ हजार रुपैयाँ बराबरको रहेको छ ।

राष्ट्र बैंकका अनुसार यी ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः वि.सं २०८० साउन १६ गते, वि.सं २०८० असोज १६ गते, वि .सं २०८० पुस १७ गते र विसं २०८१ असार १९ गते तोकिएका छन् ।

राष्ट्र बैंकका अनुसार बिक्री हुने कुल ट्रेजरी बिल मध्येमा एक सय ८२ दिने अवधिको पाँच अर्ब रुपैयाँको ट्रेजरी बिल नयाँ रहेको छ भने बाँकी सबै पुरानो नवीकरण अन्तर्गतका रहेका छन् ।

यसअघि यही असार ११ गते पनि राष्ट्र बैकले २४ अर्ब ११ करोड २५ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रतिक्रिया