शनिबार, जेठ ५, २०८१

५३ अंकले घट्दा पाँच अर्ब आठ करोडको सेयर किनबेच

नेपालखोज २०८० असार १७ गते १५:३०

काठमाडौं । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्सेमा भिषण पहिरो गएको छ ।

नेप्से आज ५३ दशमलव ७० अंकले घटेर दुई हजार ९७ दशमलव २९ अंकमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि १२ दशमलव २३ अंकले घटेर तीन सय ९० दशमलव ५२ अंकमा झरेको छ ।

नेप्सेमा आज दुई सय ८६ वटा कम्पनीहरुको ७४ हजार चार सय ४१ पटकको कारोबारमा एक करोड १३ लाख २३ हजार एक सय ८३ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब आठ करोड १९ लाख ७६ हजार एक सय ७९ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा सबै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक २९ दशमलव ८८ अंकले घटेर १२ सय २६ दशमलव ९६ अंकमा झरेको छ भने विकास बैंक समुहको सुचक एक सय ३६ दशमलव २१ अंकले घटेर तीन हजार सात सय ७८ दशमलव चार अंकमा झरेको छ ।

फाईनान्स समुहको सुचक पनि ३८ दशमलव १७ अंकले घटेर १८ सय ५३ दशमलव ९६ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि ७९ दशमलव ६८ अंकले घटेर २४ सय ५० दशमलव ७८ अंकमा झरेको छ ।

यसैगरी जीवन बीमा समुहको सुचक पनि एक सय ५१ दशमलव ३१ अंकले घटेर १२ हजार पाँच सय ६९ दशमलव ९२ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि एक सय १३ दशमलव ३२ अंकले घटेर ११ हजार तीन सय २६ दशमलव ५९ अंकमा झरेको छ ।

यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि क्रमशः एक सय ५४ दशमलव ६३, एक दशमलव शुन्य एक, एक सय २९ दशमलव १२, एक सय ९८ दशमलव २५, शुन्य दशमलव १३, ३७ दशमलव ४१ र ६० दशमलव ४४ अंकले घटेका छन् ।

नेप्सेमा आज बिपी डब्लु लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर १४ सय १३ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा सिर्जनशील लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य नौं दशमलव ३२ प्रतिशतले घटेर ११ सय २९ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

हिमालयन लाईफ इन्स्योरेन्स कम्पनीको भने आज प्रतिकित्ता पाँच सय ४९ रुपैंयाँ अन्तिम मुल्यमा ४२ करोड ५६ लाख ५४ हजार सात सय सात रुपैंयाँको सेयर किनबेच भएको छ । यो आज भएका कम्पनीहरुको कुल कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया