आइतबार, वैशाख २३, २०८१

बढ्यो सुनको मूल्य

नेपालखोज २०८० असार १९ गते १२:२४

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छपावाल सुनमा ४०० रुपैयाँले वृद्धि भएको छ भने तेजाबी सुनमा ३५० रुपैयाँ बढेको छ ।

योसँगै आज प्रतितोला छापावाल सुन प्रतितोला १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ८५० रुपैयाँमा कोरोबार भएको महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ३७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया