बुधबार, जेठ ९, २०८१

नेपाल एसबीआई बैंकले गर्याे आर्थिक सहयोग

नेपालखोज २०८० असार १९ गते १६:४६

काठमाडौं । नेपाल एसबिआई बैंकको दमौली शाखाले व्यास नगरपालिका वडा नं. ०३ स्थित व्यास गुफा परिशरमा निर्माणाधीन सन्त भवन तथा अन्य निर्माण कार्यको लागि आर्थिक सहयोग गरेको छ ।

बैंकले उक्त सहयोग वेदानुयायी प्रतिष्ठान नेपाल, केन्द्रीय कार्यालय व्यास गुफा तनहुँमार्फत यही असार १७ गते एक कार्यक्रम गरी चेक हस्तान्तरण गरेको हो ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकका गण्डकी प्रदेश प्रमुख सुशील चन्द्र महतले उक्त रकम वेदानुयायी प्रतिष्ठान नेपालका मुल संरक्षक दामोदर बाबालाई हस्तान्तरण गरेको बैंकका शाखा प्रबन्धक दिवाकर भट्टले जानकारी दिए ।

नेपाल एसबीआई बैंक लिमिटेड दमौली शाखाका प्रबन्धक दिवाकर भट्टका अनुशार बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको र यसका साथै वित्तीय साक्षरता सम्वन्धी कार्यक्रम पनि गर्दै आएको छ ।

सहयोग स्वरुप प्राप्त रकमलाई व्यास गुफामा निर्माणाधिन सन्त भवन तथा अन्य निर्माण कार्यमा प्रयोग गरिने वेदानुयायी प्रतिष्ठान नेपालका मुल संरक्षक दामोदर बाबाले बताए ।

बैंकले सबै क्षेत्रमा गरी ९३ वटा शाखा कार्यालय, २२ वटा एक्सटेन्सन काउन्टर, सातवटा प्रादेशिक कार्यालय र एक सय २८ वटा एटिएम काउन्टर मार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया