शनिबार, जेठ ५, २०८१

घोराही सिमेन्टको आईपीओबारे बोर्डकाे चार निर्णय

नेपालखोज २०८० असार २० गते १७:२४

काठमाडाैं । नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेडको सार्वजनिक निष्कासन सम्बन्धमा गरेको छानबिन प्रतिवेदनअनुसार चारवटा निर्णय गरेको छ ।

लगानीकर्ताको हित संरक्षणलाई मध्यनजर गर्दै सार्वजनिक निष्कासन स्थगित गरिएको कम्पनीमाथि जाँचबुझका लागि बोर्डले समिति गठन गरेको थियो । सो समितिले विभिन्न चार निर्णयसहितको प्रतिवेदन सार्वजनिक गरेको हो ।

यस्तै आवेदन फिर्ता वा थपघट गर्न निष्कासन तथा बिक्री प्रबन्धकले सूचना प्रकाशित गरेको मितिले तीन दिनको समय दिने निर्णय भएको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।

यदि ३ दिनको अवधिमा कम्पनीको सबै सेयर बिक्री नभएमा थप ७ दिनको समय मात्रै थप गर्न सक्ने गरी धितोपत्र बोर्डले निर्णय गरेको हो ।

प्रतिक्रिया