मंगलबार, जेठ ८, २०८१

एनएमबि क्यापिटलको एसआईपी इन्भेष्टमेन्टको लागि अब इ–म्यान्डेट

नेपालखोज २०८० असार २० गते १८:१२

काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडको सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एसआईपी) अन्तर्गत इकाईधनीहरुले अब एक पटक सेटअप गरेको आधारमा भुक्तानी सेड्युल गरी एसआईपीमा लगानी गर्न सक्ने भएकाछन् । एनएमबि क्यापिटल र एनसीएचएल बीच भएको सम्झौता अनुसार एनएमबि क्यापिटलका इकाईधनीहरुले एसआईपीमा आफ्नो मासिक वा त्रैमासिक लगानी गर्दा, लगानी गर्ने रकम एक पटक अनलाइन इ–म्यान्डेटमार्फत भरी लगानी रकम तोकिएको समय अन्तरालमा स्वचालित रुपमा भुक्तानी गर्न सक्नेछन् ।

एनएमबि क्यापिटलको एसआईपी अन्तर्गत खुलामुखी योजना अनुसार मासिक वा त्रैमासिक रुपमा निश्चित रकम लगानी गर्न सकिन्छ । लगानीको बानी विकास गर्ने गरी, स–सानो रकमको लगानी समेतमा कम्पाउण्डिङ्ग रिटर्नको लाभ लिन मिल्ने गरी एसआईपीमा लगानी गर्न सकिन्छ ।

आफूले चाहे अनुसार लगानी रकम र समय अवधि थपघट गर्न सकिने हुँदा, एसआईपी मार्फत् लगानी गर्नेहरुको संख्या उल्लेख्य वृद्धि हुँदै गएको देखिन्छ । एसआईपी सम्बन्धी थप जानकारी र लगानीको लागि कम्पनीको वेभसाईटमा गई एसआईपीमा आबद्ध हुन वा भुक्तानी गर्न सकिन्छ साथै उक्त लगानी गर्न इ–म्यान्डेटको प्रयोगले अब ग्राहकलाई पटक पटक भुक्तानी समय सम्झिने झन्झटबाट समेत मुक्त गर्ने अपेक्षा गरिएको छ ।

एनसीएचएलले सञ्चालन गर्दै आएको रिटेल पेमेन्ट स्वीच अन्तर्गत डाइरेक्ट डेबिट भुक्तानी उपकरणको इ–म्यान्डेट मार्फत कुनैपनि किसिमको सेडुअल पेमेन्टलाई एक पल्टको सेटअपको आधारमा अटोमेट गर्न सकिन्छ । डाइरेक्ट डेबिट इ–म्यान्डेट प्रयोग गरी विभिन्न सेवा प्रदायक संस्था तथा निकायहरुले उक्त भुक्तानी उपकरण प्रयोग गरी विभिन्न सेवा प्रदायक संस्था तथा निकायहरुले उक्त भुक्तानी उपकरण प्रयोगमा ल्याउने क्रम जारी गरेको छ ।

प्रतिक्रिया