आइतबार, वैशाख २३, २०८१

नेपाल बैंर्कस संघ र जीवन बीमक संघबीच सम्झौंता

नेपालखोज २०८० असार २१ गते १८:५७

काठमाडौं । नेपाल बैंकर्स संघ र जीवन बीमक संघ नेपालबिच सम्झौता भएको छ । सो सम्झौता पत्रमा नेपाल बैंकर्स संघका तर्फबाट संघका अध्यक्ष सुनील केसी तथा जीवन बीमक संघ नेपालका तर्फबाट संघका अध्यक्ष पोषक राज पौडेलले हस्ताक्षर गरेका छन् ।

सम्झौताले बैंक तथा बीमा क्षेत्र बीच आपसी समन्वय स्थापना गरी एक आपसमा तथ्याङ्कहरु, सूचना तथा जानकारीहरु आदान प्रदान गर्ने, नीतिगत तहका विषयहरुमा अध्ययन अनुसन्धान गर्ने तथा पारस्पारिक लाभका विषयहरुको पहिचान गरी अघि बढ्ने लक्ष लिएको छ ।

प्रतिक्रिया